Uncategorized

चरेशसहित भारतीय नागरिक पक्राउ

फागुन १३, २०७५

वीरगञ्ज- प्रहरी चौकी इनर्वाले सोमवार लागूऔषध एक किलो चरेशसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारतको मोतिहारी बस्ने २३ वर्षीय अमित मियाँ रहेका छन् । बिहान साइकलमा भारतको रक्सौलतर्फ गइरहेका बेला चेकजाँच गर्दा निज मियाले चरेश कम्मरमा बाँधेर लुकाईछिपाई लग्ने क्रममा पक्राउ गरिएको प्रहरी नायव निरीक्षक नकुलराज गौतमले बताए । 


ADVERTISEMENT


चरेशसहित पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ । इनर्वा प्रहरीले एक महिनायता ३३ किलो चरेशसहित ९ भारतीयलाई पक्राउ गरेको छ । 

फागुन १३, २०७५ मा प्रकाशित



Source link

Back to top button