समाचार

टि-२० महिला विश्वकपको एसियाली छनोट, नेपालद्वारा चिन पराजित





थाइल्यान्डमा जारी महिला टि-२० विश्वकपको एसियाली छनोट अन्तर्गत पाँचौ खेल खेलेको नेपालले चिनलाई ५ रनले पराजित गरेको छ ।
बैंककमा भर्खरै सम्पन्न खेलमा नेपालले चिनमाथि शानदार जित निकालेको हो । नेपालले जितको लागि दिएको ७८ रनको लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङ गरेको चिनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७२ रन मात्र बनाउन सकेको थियो ।

चिनको लागि ब्याटिङमा जाङ मेईले सर्वाधिक ३३ र काईङ झौले १८ रन बनाउन बाहेक अन्य ब्याट्सवमेनले दोहोरो अङ्कको स्कोर समेत छुन नसक्दा पराजित भएको हो ।

चिनलाई सस्तैमा समेट्ने क्रममा नेपालकि सिता रानामगरले सर्वाधिक ३ र कविता कुँवरले १ विकेट लिएकी थिईन ।

यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७७ रनको योगफल तयार पारेको थियो । नेपालको लागि ब्याटिङमा काजल श्रेष्ठले सर्वाधिक १८, सिता रानामगरले ११ र बिन्दु रावलले १० रनको योगदान दिएकी थिइन ।

बलिङतर्फ चिनकी वाङ मेङ र हङ लिलिले समान २-२ तथा उजुवान ,लि हावेई र एल जेईले समान १-१ विकेट लिएकी थिइन ।

प्रतियोगितामा पाचौं खेल खेलेको नेपालले चौथो जित निकालेको हो । Source:newssudur






Source link

Back to top button