समाचार

दुःखद खबरः घाँस काट्न गएकि युवतीकाे

बिजुलीको पोलबाट करेन्ट लाग्दा दुई युवतीको मृत्य: आक्रोशित स्थानीयले शव उठाउन मानेनन्काठमाडौँ । बिजुलीको पोलबाट करेन्ट लागेर बाग्लुङ्गमा दुई जना युवतीको ज्यान गएको छ। जिल्लाको काठेखोला गाउँपालिका ६ बिहुँकोट भन्ने ठाउँमा बाटोमा गाडिएको विजुलीको पोलबाट करेन्ट लाग्दा जंगलबाट घाँसपात लिएर आउदै गरेका दुई जना युवतीको मृत्यु भएको हो।विहानै घाँस काट्न भन्दै जंगल गएका स्थनीय दुई युवती २० वर्षिया निशा कँडेल र २५ वर्षिया गुमा कँडेल अबेर सम्म पनि घर नफर्केपछि फोन गर्दा फोनबाट पनि सम्पर्क नाभेपछी खोज्न जाँदा बिद्युत पोल नजिकै दुबै जना मृत अवस्थामा फेला परेका थिए।दुई महिलाको करेन्ट लागेर मृत्यु भएपछी स्थानीयवासीहरुले विद्युत प्रधिकरणको चरम लापरवाहीका कारण बिजुलीको पोलबाटै करेन्ट लागेर बाटोमा हिंडेका मनिसको ज्यान गएको भन्दै शव उठाउन मानेका छैनन्। प्रहरीले घटनाको विवरण हेरी मुचुल्का उठाई सके पनि आक्रोशित स्थानीय वासिन्दा घटना जिम्मेवारी प्राधिकरणले लिनु पर्ने भन्दै शव उठाउन दिएका छैनन्।

पहिले पनि बाटो हिंड्ने मानिसलाई करेन्ट लाग्ने गरेको कुरा पटक पटक प्राधिकरणलाई जानकारी कराउँदा पनि चासो नदिएको उनीहरुको आरोप छ।बझाङकाे थलारा गाउँपालीका वडा नं ४ बस्ने माेयलकाे पलाईका देब बाेगटिकी श्रीमति ठग्ने देवी बाेगटि घाँस काट्ने वेला भिरबाट लडेर मृत्युु भयकाे छ ।अनका आफन्तका अनुसार विहान घाँस काट्न हिटेकि बाेगटी राती ९ वजे चिउरे पडमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ काठमाडौँ । काठमाडौँ स्थित भद्रकाली नजिक बसको ठक्करबाट २ जना घाइते भएका छन् । सिंहदरबारतर्फ आउँदै गरेको मोटरसाइकललाई भद्रकाली नजिकैको आकाशे पुलमुनि बसले ठक्कर दिएको हो ।बा ३ ख २४१६ बसको ठक्करबाट मोटसाइकलमा सवार मनमैजुकी अस्मिता पौडेल गम्भीर घाइते भए र चालक सामान्य घाइते भएको प्रहरीले बताएको छ । घाइते पौडेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

।रुपन्देही । बुटवलको अमरपथमा प्रभु बैंक रहेको भवनमा आइतबार साझ आगलागी भएको छ । आइतबार राती ११ बजेको आगलागी भएको प्रहरीले जनाएको छ । आगलागिबाट सो भवनमा रहेको बिन्दबासिनी फेन्सी पुर्णरुपमा जलेको छ भने बैंकको एटिएम मेसिनमा क्षति पुगेको छ । बैंकको भित्र के कति क्षति भयो भन्नेबारे अझै नखुलेको प्रहरिले जनाएको छ ।आगो बुटवल उपमहानगरपालिकाको दमकलले नियन्त्रण लिएको थियो । सोही भवनमा लोयल समेत सन्चालनमा रहेको छ । आगलागीको प्रकृति हेर्दा बिन्दबासिनी फेन्सिबाट आगो लागेको जस्तो देखिएपनि अझै यकिन हुन नसकेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइैरहेको ईलाका प्रहरि कार्यालय बुटवलका डिएसपि डिल बहादुर मल्लले बजनाएको छ ।

Source link

Back to top button