समाचार

भाषाशास्त्रीको मृत्यु शोकमा विराटनगरमा सार्बजनिक विदा

विराटनगर, फागुन १३ ।

भाषाशास्त्री बालकृष्ण पोखरेलको मृत्यु शोकमा विराटनगर महानगरपालिकाले १ दिन सार्बजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको महानगरपालिका बोर्ड बैठकले मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।

मेयर भीम पराजुलीको अध्यक्षतामा बसेको बैठकले पोखरेलको निधनप्रति श्रदान्जली व्यक्त अर्पण गर्दै उनले नेपाली भाषा तथा साहित्य क्षेत्रमा पू¥याएको अमूल्य योगदान तथा उनको सम्मानकालागि एक दिन शोक विदा दिने निर्णय गरेको हो ।महानगरले सूचना प्रकाशन गरी १९ वटै वडा र महानगरपालिका भित्रका सामुदायिक र निजी विद्यालय विदा दिने निर्णय गरेको जनाएको छ ।

बरिष्ठ भाषाशास्त्री बालकृष्ण पोखरेलको शनिवार राती निधन भएको थियो । नेपाली भाषा र साहित्य क्षेत्रमा अतुलनिय योगदान पू¥याएका पोखरेल अंग्रेजी भाषा राम्रोसँग जान्ने तर नेपाली बोल्दा अंग्रेजी शब्दहरु घुसाउनु हुँदैन भनेर झर्राेवादी आन्दोलनको नेतृत्व गरेका थिए । विसं २०१३ सालमा सुरु भएको आन्दोलन अझै पनि चर्चामा छ । पोखरेल ८६ वर्षको उमेरमा निधन भएको हो । पोखरेलले मृत्युअघिको अन्तीम समयसम्म पनि महाकाव्य लेखिरहेका थिए । उनको रुपारानी महाकाव्य अधुरै रह्यो । बिराटनगरको परोपकार घाटमा आइतबार राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टि गरिएको थियो ।



Source link

Back to top button