समाचार

पाकिस्तान

काठमाडौं । पूर्व पाकिस्तानी सैन्य शासक जर्नेल परवेज मुशर्फले भारत र पाकिस्तानबीच युद्ध भएमा पाकिस्तानले पहिला आणविक हतियारको प्रयोग गर्नुपर्ने बताएका छन् । त्यो पनि एक दुई होइन पुरै पचास । हाल निर्वासनका क्रममा यूएई रहेका मुशर्फले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै एक दुई बमले भारतलाई ध्वस्त पार्न नसकिने भन्दै भारतले पाकिस्तानमाथि आणविक आक्रमण गर्नुभन्दा पहिला नै भारतलाई ध्वस्त बनाउनु पर्ने बताएका हुन् । उनले नत्र भारतले पाकिस्तानलाई ध्वस्त बनाउने बताए ।

भारत प्रशासित जम्मू कश्मीरको पुलवामा जिल्लामा हालै भएको एक आत्मघाति आत्रलमणपछि भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला पूर्व पाकिस्तानी शासकको यस्तो भनाई आएको हो ।यद्यपीले उनले हाल दुबै मुलुकबीच आणविक युद्ध हुने सम्भावना नरहेकोसमेत बताएका छन् । उनले हाल भारत र पाकिस्तानबीचको सम्बन्ध निकै खराब अवस्थामा पुगेकोसमेत बताएका छन् । स्मरण रहोस दक्षिण एशियाका यी परम्परागत प्रतिद्वन्द्वी मुलुक आणविक हतियार सम्पन्न छन् ।

भारत र पाकिस्तानबीच आणविक युद्ध भए त्यसको असर पुरा दिक्षण एशियामा पर्ने देखिन्छ । हाल भारतसँग पाकिस्तानका सबै प्रमुख शहरलाई भेद्न सक्ने क्षेप्यास्त्र छ भने पाकिस्तानसँग पनि भारतका हरेक प्रमुख शहर भेद्न सक्ने क्षेप्यास्त्र । कमजोर अवस्थामा सम्बन्ध पुगेका बेला पाकिस्तानी पूर्व सैन्य शासकले दिएको यस्तो अभिव्यक्तिले यद्ध भएको अवस्थामा पाकिस्तानले आणविक हतियारको प्रयोग गर्न सक्ने देखिएको हो । हाल दुबै देशले आ आफ्ना सेनालाई उच्च सतर्कतामा राख्दै कुनै पनि बेला युद्धका लागि तयार रहन निर्देशन दिइसकेका छन् भने सीमा क्षेत्रका अस्पतालहरुमा मेडिकल स्टाफहरुको विदा रद्द गरिएको छ । उता दुबैतर्फका जनतालाईसमेत सचेत पारिएको छ ।

Source link

Back to top button