मनोरंजन

बोके दाह्री र छोरी श्रृष्टिको स्वर रहेकाे ‘भन्नुहुन्छ मेरी आमाले’ सार्वजानिक (भिडियो)

श्रीकृष्ण लुईटेल (बोके दाह्री) हाँसो र व्यंग्यले भरिएको गीत मन पराउने दर्शक तथा श्रोताका लागि परिचित नाम हो । पूर्वाञ्चलका स्टेज कार्यक्रममा व्यस्त गायक तथा कलाकार लुईटेल गीत मार्फत सामाजिक बिचलनमा पनि व्यंग्य कस्ने गर्छन् । ‘ए बाउ किन्देउन भटभटे’ नामक चर्चित गीतबाट दर्शक तथा श्रोतामाझ लोकप्रीयता हाँसिल गरेका श्रीकृष्ण लुइँटेका ‘बाख्रा स्टाइल’, ‘डल्लेकी बैनी’, ‘ओ के छ त’, ‘नलगाउ छोटा छोटा कपडा’, ‘बाँके बर्दिया’ , ‘सुनको सिक्रि’ र ‘कलियुग’को धर्मलगायत दर्जनौँ गीत दर्शकको मनमा बस्न सफल भएका छन् ।

श्रीकृष्ण लुईटेलको नयाँ गीत सार्वजनिक भएको छ । बोके दाह्री उपनामले परिचित लुईटेलको आमा सम्बन्धि गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा उनले आमा भनाई र चाहनालाई व्यक्त गरेका छन् । गीतमा श्रीकृष्णसँगै उनकी छोरी श्रृष्टिको पनि स्वर रहेकाे छ ।

Purbeli TV

Back to top button