समाचार

पाकिस्तान सुपर लिगमा सन्दिपको टिमद्वारा कराँची किङ्ग्स विरुद्ध उजुरी

पाकिस्तान सुपर लिगमा सन्दिप लामिछाने आवद्ध लाहोर क्लन्दर्सले कराँची किङ्ग्सका खेलाडी विरुद्ध उजुरी दर्ता गरेको छ ।

गत फेब्रुअरी १६ मा दुबै टोलि बिच खेल सम्पन्न भैसकेपछि कराँची किङ्ग्सका अध्यक्ष सहित विभिन्न खेलाडीहरुले लाहोर क्लन्दर्सका टिम मालिक फवाद रानाका परिवारका सदस्यहरुको आलोचना गरेको आरोप लाहोरले लगाएको छ ।
कराँची किङ्ग्सका अध्यक्ष वासिम अक्रम, खेलाडीहरु महोम्मद अमिर र इमद वासिमलाई लक्षित गरी लाहोरले पाकिस्तान क्रिकेट वोर्ड र पाकिस्तान सुपर लिगको प्राबिधिक कमिटिमा लिखित रुपमै मुद्दा दर्ता गरेको जनाईएको छ ।

साथै लाहोरले उक्त घटनाको सिसिटिभी फुटेजमार्फत छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ यद्यपि यसबारे कराँची किङ्ग्सले कुनै आधिकारिक धारणा व्यक्त गरेको छैन ।

फेब्रुअरी १६ मा सम्पन्न खेलमा लाहोरले कराँची किङ्ग्सलाई २२ रनले पराजित गरेको थियो । अब दुबै टोलि अगामि फेब्रुअरी २८ मा पुन: अर्को खेलमा आमुन्ने सामुन्ने हुने भएका छन । न्युजसुदुर बाट

Back to top button